FAQs Complain Problems

वडा नं. ५ को संक्षिप्त परिचय र नागरिक वडापत्र

नामाकरण:-
      वडा नं. ५  महेश्वरीको नाम यहाँ  रहेको महेश्वरी देवीको नामबाट रहेको हो । 

भौगलिक अवस्थितिः–
        वडा नं. ५ महेश्वरी २७० २०’ ३०” देखि २७० २२’ ४०” उत्तरी अक्षांश सम्म फैलिएको छ । साथै ८६० ४०’ ५५” देखि ८६० ४४’ ५०”  पुर्वी देशान्तर सम्म रहेको छ । 

सिमानाः–
         यस वडा नं. ६ को सिमाना पुर्वमा ३ नं. वडा ऐसेलुखर्क, पश्चिममा सोलुखुम्बु जिल्ला हुदै वहदै आएको दुधकोशी नदी, उत्तरमा ४ नं. वडा जलेश्वरी, दक्षिणमा ६ नं. वडा ज्यामिरे रहेको छ । 

क्षेत्रफलः– 
      यस वडाको क्षेत्रफल १२.८७ वर्ग कि.मि.तथा १,२८६.८४ हेक्टर रहेको छ ।

हावापानी :-
        यस वडाको हावापानी विषमतापुर्ण छ । यस वडाको माथिल्लो भेगमा अलि चिसो हुन्छ । यस भेगको हावापानी समशितोष्ण प्रकृतिको पाईन्छ । यस वडाको तल्लो भाग बेंसी तथा खोच पर्दछ ।यहाँको हावापानी उष्ण छ । वेसी तीरको भागमा गर्मि याममा अति नै गर्मि हुने गर्दछ ।

प्रमुख नदीहरु तथा खोलानालाहरु :- 
दुधकोशी
मेकुखोला 
 तामेखोला 
 बाल्छी खोला 
 अधेरी खोला

प्रमुख धर्महरु :-
      यस वडामा हिन्दु धर्म, वौद्ध धर्म, किरात धर्म र क्रिश्चियन धर्म मान्ने मानिसहरु  रहेका छन् ।

प्रमुख जात जातिहरु:-
          ५ नं. वडा महेश्वरीमा क्षेत्री, ब्राहमण,  कामी, राइ,  दमाइ, सार्की, संयासी, भुजेल आदि जातिहरुको वसोवास रहेको छ । 

उच्च शिक्षा तथा विद्यालय :-
          यस ५ नं. वडामा ४ वटा प्रारम्भिक वाल विकास केन्द्र, ३ वटा प्राथमिक विद्यालय, १ वटा आधारभुत विद्यालय ,  १ वटा माध्यमिक विद्यालय  रहेका छन् ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
9826760298